- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुले व्यवसाय करमा २० प्रतिशत छुट पाउने भएका छन् । बुधबार महानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ को बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरी महानगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहलगायतका अन्य वित्तीय सेवामुलक संघ संस्थाहरुले व्यवसाय करमा २० प्रतिशत छुट पाउने जनाएको हो ।
महानगरपालिकाका अनुसार अब वाणिज्य बैंकका केन्द्रीय कार्यालयले वार्षिक १ लाख रुपैयाँ बुझाउँदै आएको व्यवसाय कर अब ८० हजार रुपैयाँ मात्र बुझाउनु पर्नेछ । साथै वाणिज्य बैंकले प्रतिशाखा ५० हजार रुपैयाँ व्यवसाय करलाई ४० हजार रुपैयाँ र बिस्तारित काउण्टरको २० हजार रुपैयाँ कर अब १६ हजार तिर्नुपर्नेछ ।यस्तै विकास बैंकहरुले केन्द्रीय कार्यालयको ७५ हजारबाट ६० हजार रुपैयाँ, शाखा कार्यालयको प्रति शाखा ४० हजारबाट ३२ हजार रुपैयाँ, बिस्तारित काउण्टर बापत १५ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ व्यवसायीक कर बुझाउनुपर्नेछ ।
यता फाइनान्स कम्पनी हकमा भने केन्द्रीय कार्यालयले ५० हजार रुपैयाँबाट ४० हजार रुपैयाँसम्म, शाखा कार्यालयले प्रति शाखा २५ हजार रुपैयाँबाट २० हजार रुपैयाँसम्म बुझाउनुपर्नेछ । महानगरपालिकाका अनुसार सहकारी र लघुवित्त संस्थाले ५ हजार रुपैयाँ व्यवसाय बुझाउनु पर्नेमा अब ४ हजार रुपैयाँ बुझाउनु पर्नेछ । यस्तै महिला सहकारी संस्था २ हजारबाट अब १६ सय रुपैयाँ र शाखा कार्यालयले ३ हजार रुपैयाँबाट २४ सय रुपैयाँसम्म बुझाउनु पर्नेछ ।
कोरोनाका कारण व्यापार व्यवसाय ठप्प रहेको भन्दै महानगरपालिकाले व्यवसायीलाईसमेत व्यवसाय करमा छुट दिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्