×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युतीय सवारीसाधनमा लगाइएको कर हटाउन सरोकारवालाहरुको माग, गरे यस्तो गुनासो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युतीय सवारीसाधनमा लगाइएको कर हटाउन सरोकारवालाहरुको माग, गरे यस्तो गुनासो !

Artha Sarokar

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ । सोमबार आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको भन्दै गुनासो गरेका हुन् । 

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युत्मय भइरहेका अवस्थामा नेपाल भने त्यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गर्नुभयो । 
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाइ लगानी विद्युत् उत्पादनमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौँ नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो । सामाजिक अभियानकर्मी लोकेश वलीले बिजुली गाडीले गर्दा देश समृद्ध हुने विश्वास गर्नुभयो । 
नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनतालाई सस्तोमा गाडी चढ्न पाउने अवसर भएकामा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताउनुभयो । नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका सचिव सरोज थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सकिएको भए धेरै राम्रो हुने बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी