×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजश्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित, जेठ २० गतेसम्म १३ करोड ६१ लाख मात्रै उठ्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

आन्तरिक राजश्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित, जेठ २० गतेसम्म १३ करोड ६१ लाख मात्रै उठ्यो !


विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द छ ।
बन्दाबन्दी हुनुअघि कामको चापले कर्मचारीलाई भ्याइनभ्याइ हुन्थ्यो । गत चैत ११ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेसँगै अहिले आन्तरिक राजस्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित भएको छ । 
गएको चैत महिनामा रु ९३ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो कार्यालयले उक्त अवधिमा रु १३ करोड ९२ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । त्यस्तै वैशाखमा रु एक अर्ब ११ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ करोड मात्र राजस्व सङ्कलन गरेको थियो । जेठमा रु एक अर्ब एक करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले जेठको २० गतेसम्म रु १३ करोड ६१ लाख मात्र राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कार्यालयले रु एक अर्ब ७६ करोड अन्तःशुल्क, रु एक अर्ब ३५ करोड मूल्यअभिवृद्धि कर र रु दुई अर्ब एक करोड आयकर सङ्कलन गरेको छ । बन्दाबन्दीका कारण राजस्व सङ्कलन प्रभावित भएको प्रमुख सापकोटाको भनाइ छ । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: