×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहँ ! कर कार्यालयमा छैन कर बुझाउनेहरुको माहोल…! १२ तस्विरमा हेर्नुहोस् काठमाडौँका कर कार्यालयहरुमा जे देखियो…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

अहँ ! कर कार्यालयमा छैन कर बुझाउनेहरुको माहोल…! १२ तस्विरमा हेर्नुहोस् काठमाडौँका कर कार्यालयहरुमा जे देखियो…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतले सरकारलाई लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू भन्ने आदेश दिएपछि कर कार्यालयहरुमा कर बुझाउनेहरुको उपस्थिति निकै कम देखिएको छ । लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ भन्ने केहीको तर्क भएपनि लकडाउन पूर्ण रुपमा खुलिनसकेकोले सो तर्कले पनि काम गर्ने देखिंदैन । सार्वजनिक यातायात सञ्चालनमाथिको रोक कायमै छ । विद्यालयहरु खुलेका छैनन् । सिनेमा हल, मनोरञ्जनस्थलहरु बन्द छन् । त्यसैले आंशिक लकडाउन यथावतै छ । सर्वोच्चको आदेश अनुसार पूर्ण रुपमा लकडाउन खुलेको अवस्था नभएकाले पनि फाट्टफुट्टमात्र करदाताहरु कर कार्यालयसम्म पुगेका छन् । यसो त कर बुझाउन मात्र होइन करमा दर्ता गराउन जानेहरु पनि छन् । त्यसैले कर कार्यालयहरुमा देखिएको न्यून उपस्थितिले कर कार्यालयहरुमा माहोल छैन भन्ने कुरामा कुनै शंका छैन । हेर्नुहोस् काठमाडौँका केहि कर कार्यालयहरुमा घुम्दा जे देखियो, फोटो-कथामा : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: