
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – तिनाउ मिसन डेभलपमेन्ट बैंकले १३औंं वार्षिक साधारणसभा डाकेको छ । जेष्ठ ३० गते बसेको सञ्चालक समितिकाे बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारणसभा असार २५ गते सिद्दार्थ कटेज रेष्टुरेन्ट, बुटवल-९, मिलनचाेक, रूपन्देहीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
सभामा बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने १३ कराेड ७३ लाख १७५ रूपैयाँ ९ पैसा बराबरकाे बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने र ३ः१ अनुपात हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्