×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवा बन्द, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवा बन्द, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ । स्वास्थ्य चौकीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको भन्दै सम्पूर्ण सेवा बन्द गरेको जनाएको हो । 
स्वास्थ्य चौकीले एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म स्वास्थ्य चौकीको सेवा बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ । सेवाग्राहीमासमेत संक्रमण फैलिन नदिन सेवा बन्द गरिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी