×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेविसंघका विद्यार्थीले त्रिवि उपकुलपति बास्कोटाको कुर्सी जलाए, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेविसंघका विद्यार्थीले त्रिवि उपकुलपति बास्कोटाको कुर्सी जलाए, यस्तो छ कारण !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले आज दिउँसो उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् । नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।
त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो । नेविसंघको विश्वविद्यालय इकाइका अधयक्ष हरि आचार्यले दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी