×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : टियुले सेमेस्टर प्रणालीका लिन बाँकी परिक्षा नलिने, आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्ने तयारी

PRIME CA

कोरोना प्रभाव : टियुले सेमेस्टर प्रणालीका लिन बाँकी परिक्षा नलिने, आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्ने तयारी

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एसइइको परिक्षा आन्तरिक मूल्यांकनका आधारमा निकाल्ने निर्णय भएसँगै त्रिभुवन विश्वविद्यालयले पनि सेमेस्टर प्रणालीका कुनै पनि परिक्षा नलिने भएको छ । टियुले मास्टर्स तहका सबै सेमेस्टर प्रणालीका परिक्षा नलिने र कलेजले जति अंक पठायो, त्यही आधारमा परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको हो । 
त्रिभुवन विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोना भाइरसको कारण सञ्चालन हुन नसकेको सेमेस्टर प्रणालीका परीक्षाहरु आन्तरिक मूल्यांकन र प्रि-बोर्ड परीक्षाको आधारमा नतिजा निकाल्ने तयारी भइरहेको छ । विभिन्न निकायका सिफारिसका आधारमा टियु यस्तो निर्णयमा पुगेको हो । परिक्षा हुन नसक्दा लाखौँ विद्यार्थीहरु प्रभावित भएका छन्। 
यता विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको बताएका छन् । तर सेमेस्टर प्रणाली अन्तर्गतका मास्टर्सका परिक्षा भने आन्तरिक मुल्यांकनबाट हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: