
- अर्थ सरोकार सम्बाददाता
यूएई । कोरोना भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेकामध्ये १४६ जना नेपाली सारजहा विमानस्थल पुगेका छन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरे अनुरुप यूएईका उनीहरु स्वदेश फिर्तीको आशासहित विमानस्थल पुगेका हुन् । नेपाली समय अनुसार शुक्रबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट विमान उड्ने बताइए पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकारीका अनुसार विमान भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो ।इजादा फयासिलिटी म्यानेजमेटमा कार्यरत ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा छन् ।
बोर्डिङ पासमा उनीहरुको उडान युएईको समयअनुसार १०ः४५ मा हुने भनिएको छ । तर, उनीहरुको अहिलेसम्म स्वास्थ्य जाँच भइसकेको छैन । यसअघि यूएई सरकारले आफ्नै खर्चमा एयर अरेवियामार्फत १ सय ६८ सिट क्षमताको विमान नेपाल पठाउने जनाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्