×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूएईमा रहेका नेपालीलाई नआत्तिन दूतावासको आग्रह, उडानको मिति प्राप्त हुनासाथ जानकारी गराउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यूएईमा रहेका नेपालीलाई नआत्तिन दूतावासको आग्रह, उडानको मिति प्राप्त हुनासाथ जानकारी गराउने

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै दूतावासले उडानको मिति र तालिका प्राप्त हुनासाथ जानकारी गराउने जनाएको छ । यस्तै नेपाल फर्कनुअघि कोभिड १९ को परीक्षण गर्नको लागि यूएई सरकारसँग समन्वय गरी मिति, स्थान र समयका बारेमा पनि जानकारी गराइने दूतावासले जनाएकोे छ ।
विभिन्न खालको भिसाको म्याद सकिएको विषयमा चिन्ता नलिन पनि दूतावासले अनुरोध गरेको छ । यूएई सरकारले मार्च १ पछि समाप्त भएका भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने निर्णय गरिसकेको छ । मार्च १ अघि भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ देखि लागू हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सबै जरिवाना छुट गर्ने भएकाले भिसाको विषयमा चिन्ता नलिन दूतावासको आग्रह छ । यस्तै दूतावासले वेबसाइटमा फारम पेश गरिसकेपछि स्क्रिनमा देखाएको धन्यवाद र गोपनीयता सम्बन्धी सन्देश नै फारम पेश भएको कन्फर्मेशन भएकाले एकपटक फारम भरेपछि ढुक्क भएर बस्न पनि आग्रह गरेको छ ।
दूतावासले इमेल र टेलिफोनको चाप बढी भएकाले कतिपय अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको भन्दै आफ्नो समस्या अनुसार सम्पर्क गर्न फरक–फरक सम्पर्क नम्बर तोकेको छ । गर्भवती, कोभिड बाहेकका बिरामी, आफन्त गुमाएकाहरु, विद्यार्थी तथा इन्टर्नसिप गरिरहेकाहरुले रीता धिताललाई ०५०८१८०२८० नम्बरमा सम्पर्क गर्न सकिने छ । यस्तै व्यक्तिगत तथा कम्पनी भिसा र भिजिट भिसाको समस्या भएकाले निर्मला थापा र मोतिराम भुसाललाई ०५४५०५३२५० मा सम्पर्क गर्न सकिनेछ । पासपोर्ट र प्रमाणीकरणको लागि नारायण ज्ञवालीलाई ०५८९०९५४०४ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी