Skip to content
LAXMI SUNRISE BANK

उदयपुरमा एकै गाउँका ४ जनामा देखियो कोरोना, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर । उदयपुरको एकै गाउँमा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
त्रियुगा नगरपालिका ४ वगाहाका ३६, ४६,४८ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । बुधबार थप चार जनामा कोरोना पुष्टी  भएसँगै उदयपुरमा कुल संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये ३८ जना पुरुष र ९ जना महिला रहेका छन् । उपचार पछि निको हुनेको संख्या ३३ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK