×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टी, अस्पताल लैजाने तयारी

PRIME CA
GLOBAL IME BANK

उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टी, अस्पताल लैजाने तयारी

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको हो ।कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । मेयर राईका अनुसार उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए । उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं आएर उनी पुनः उदयपुर फर्किएका थिए । काठमाडौंमा ३ दिन बसेर फर्किएका उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टाइनमा राखिएको थियो ।
करिब दुई साता क्वारेन्टाइनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । जसमा उनलाई कोरोना पोजिटेभ देखिएको मेयर राईले बताए । उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टाइनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार दुवै जना पुरूष हुन् । उनीहरुलाई एबीसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । अहिले उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: