
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा थप १०३ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार १०३ जनाले कोरोना जितेर फर्किएसंगै यो संख्या ४ सय ६७ पुगेको जनाएका हुन् ।
जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका छन् । आज धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए । यस्तै शुक्रबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । २०९ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टी भएको हो ।
हालसम्म पिसिआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन् । गत २४ घन्टामा पिसिआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्