×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा मृत्यु हुनेको संख्या दैनिक घट्दै, २४ घण्टामा ५८१ को मृत्यु, संक्रमितको संख्या कति ? (अपडेट)

PRIME CA
GLOBAL IME BANK

अमेरिकामा मृत्यु हुनेको संख्या दैनिक घट्दै, २४ घण्टामा ५८१ को मृत्यु, संक्रमितको संख्या कति ? (अपडेट)

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  कोरोनाले सबैभन्दा धेरै आक्रान्त बनेको अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । १५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ। सोमबार ३७३ जनाको मृत्यु भएको अमेरिकामा मंगलबार विहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५८१ छ ।
यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ । अमेरिकामा मंगलबार बिहानसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: