×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अमेरिकामा अलपत्र परेका नेपालीलाई असार ९ र ११ गते उद्दार गरिँदै, कति छ भाडा ? (सूचनासहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसका कारण अमेरिकामा अलपत्र परेका नेपालीहरुको पनि उद्दार गरिने भएको छ । सरकारले उनीहरुलाई चार वटा विमानमार्फत उद्दार गर्न लगेको हो । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उद्दारका लागि यही असार ९ र ११ गते २/२ वटा गरी ४ जहाजले नेपाल उडान गर्नेछन् ।
असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङटनबाट कतार एयरवेज नेपाली लिएर काठमाडौं आउने दूतावासले जानकारी दिएको छ । यस्तै असार १३ गते सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले नेपाल उडान गर्नेछन् । 
हवाई भाडा भने यात्रुले आफैंले तिर्नुपर्ने दूतावासले जनाएको छ । टर्किस एयरलाइन्सले १५ सय ३७ डलर अर्थात् १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एयरवेजले १६ सय डलर अर्थात् १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेका छन् ।
दूतावासका अनुसार नेपाल फर्किन चाहने नेपालीले भरेका अनलाइन फारमका आधारमा प्राथमिकता निर्धारण गरिएको छ । नेपाल फर्किन पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र कोरोना नलागेको स्वास्थ्य जाँचको प्रमाणपत्र पेस गर्नुपर्नेछ । 

हेर्नुस् दूतावासको सूचना :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: