काठमाडौँ । आपत्तकालिक प्रयोगका लागि कोभिड–१९ को खोप चाँडोमा यो वर्षको शरद ऋतु र ढिलोमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने चीनका शीर्ष संक्रामक रोग विशेषज्ञ झोङ नान्सानले शनिबार बताएका छन् । हाल चीनमा कोभिड–१९ का सम्भावित ६ वटा छोपहरु क्लिनिकल परीक्षणमा रहेको उनको भनाइ छ ।
कोरोनाभाइरसविरुद्ध मानिसलाई प्रतिरोधी बनाउन खोप नै उपयुक्त उपाय भएको र यो रणनीति अझै एक या दुई वर्ष टाढा रहेको विज्ञहरु बताउँछन् । यदी हामीले प्रकृतिक संक्रमणको माध्यमबाट मानिसहरुलाई प्रतिरोधी बनाउने हो भने विश्वको कूल जनसंख्याको ७ प्रतिशतले ज्यान गुमाउने झोङ बताउँछन् । ‘यसको मूल्य निकै ठूलो छ,’ उनी भन्छन् ।
यसअघि चिनियाँ अधिकारीहरुले पाँच वटा खोपहरु क्लिनिकल ट्रायलको चरणमा प्रवेश गरिसकेको बताएका थिए । जुन २ मा विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको तथ्यांकमा चिनियाँ कम्पनी फोसुन, जर्मनीको बायोएनटेक र अमेरिकी पीफाइजरले संयुक्त रुपमा निर्माण गरेको खोप पनि क्लिनिकल परीक्षणको चरणमा प्रवेश गरेको छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्