
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पारामाउन्ट मोटर्सले बजेट भाषण अगाडी भित्र्याएको गाडी पुरानै दरभाउमा बिक्रि गर्ने स्पष्ट पारेको छ । अग्रिम बुकिङको आधारमा विद्युतीय सवारी पहिलेनै मगाइएको भएपनि कोभिड-१९ ले गर्दा भन्सार ढिला भएको भन्दै पारामाउन्टले बजेटसँग जोडेर हेरिनु गलत भएको स्पष्टीकरण दिएको छ।
भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई बापतको क्षति तिर्नु पर्ने हुनाले हामीले सधैं समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल भित्र्याउने गरेका थियौं र सोहि अनुसार उल्लिखित मितिमा हामीले यी सबै सवारी साधन पनि नेपाल भित्र्याएका हौं, कम्पनीद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। जेठ १४ गते अगाडी नेपाल भित्रिएका सबै १२० सवारी साधन बुकिङ्ग मुल्यमा नै बुकिङ्ग प्राथमिकताको आधारमा ग्राहकलाई हस्तान्तरण गर्ने र यसमा नयाँ भन्सार दरबाट पर्न आउने कुनै पनि असर नपर्ने कम्पनीले दाबी गरेको छ।
“एमजी मोटर्सका गाडी नेपाल भित्रिनु र बजेट भाषणसँग यसको कुनै सम्बन्ध नरहेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छौं, हामीले सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रतितपत्र अनुसार ड्राइ पोर्टमा पुगेका गाडीहरु भित्र्याएका हौं र हामी सधैं पारदर्शी नैतिक व्यवसाय गर्न समर्पित रहेको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं । साथै यो कम्पनी आफ्ना ग्राहकको हितमा समर्पित रहेर उच्च स्तरिय सेवा पुर्याउन सदैव कटिवद्द रहेको र रहिरहने पनि अवगत गराउछौुं पारामाउन्ट मोटसका जनरल म्यानेजर सचिन अर्याल भन्छन ।
अर्थमन्त्री डा युवराज खतिवडाले सूचना चुहाएकाले बिशाल अग्रवालका छोरा निकुन्ज अग्रवाल र नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाका छोरा शिरिस मुरारकाको लगानी रहेको पारामाउन्ट मोटर्सले जेठ १४ गते एमजी ब्राण्डका १२२ वटा विद्युतीय गाडी नेपाल भित्राएको आरोप लागेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्