×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर संक्रमित संख्या ६९ लाख ७६ हजार नाघ्यो, ४ लाख २ हजार १७० जनाले गुमाए ज्यान

PRIME CA
GLOBAL IME BANK

कोरोना अपडेट : विश्वभर संक्रमित संख्या ६९ लाख ७६ हजार नाघ्यो, ४ लाख २ हजार १७० जनाले गुमाए ज्यान

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। विश्वभर कोरोना संक्रमित संख्या ६९ लाख ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १८ हजार कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या ६९ लाख ७६ हजार ४५ पुगेको हो । यस्तै, विश्वमा कोरोनाका कारण ज्यान गुमौनेको संख्या ४ लाख २ हजार १७० पुगेको छ । हालसम्म करिब ३४ लाख ११ हजार जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ लाख ८८ हजार ५४४ पुगेको छ । अमेरिकामा ७ लाख ५१ हजार ८९४ जना डिस्चार्ज भएका छन् ।ब्राजिलमा हालसम्म ६ लाख ४६ हजार ४९४ जना संक्रमित हुँदा ३६ हजार ४४ जनाको मृत्यु भएको छ । रुसमा ४ लाख ५८ हजार ६८९ संक्रमित हुँदा ५ हजार ७२५ जनाको मृत्यु भएको छ ।
बेलायतमा अहिलेसम्म ४० हजार ४६५ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार ८६८ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ८८ हजार ३९० पुगेको छ भने २७ हजार १३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यँहा १ जनाको मात्र मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म २ लाख ४६ हजार ६२२ संक्रमित हुँदा ६ हजार ९४६ जनाको मृत्यु भएको छ । 
इटालीमा संक्रमितको संख्या २ लाख ३४ हजार ८०१ पुग्दा ३३ हजार ८८६ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ९१ हजार ७५८ जना संक्रमित हुँदा ५ हजार ३०१ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८५ हजार ६९६ जना संक्रमित हुँदा ८ हजार ७६९ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६९ हजार २१८ संक्रमित हुँदा ४ हजार ६६९ को ज्यान गएको छ ।
इरानमा १ लाख ६९ हजार ४२५ जना संक्रमित हुँदा ८ हजार २०९ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ५३ हजार ६३४ हुँदा २९ हजार १४२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ९३ हजार ९८३ संक्रमित हुँदा १ हजार ९३५ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ३६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
बंगलादेशमा ६३ हजार २६ संक्रमित हुँदा ८४६ को मृत्यु भएको छ । जापानमा १७ हजार १०३ जना संक्रमित हुँदा ९१४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३ हजार २३५ जना संक्रमति फेला पर्दा ३५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३ जनाको भने मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: