×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनसुन सक्रिय: आगामी तीन दिन भारी वर्षाको सम्भावना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनसुन सक्रिय: आगामी तीन दिन भारी वर्षाको सम्भावना

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ ९जेठ ३०० गते देशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।
उनका आनुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ । भोलिबाट पश्चिमी भूभागमा पनि यसको असर रहने जनाएका छन् । हाल प्रदेश नं ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । भारी वर्षाबाट ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।
बिहीबार प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३.७मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६३.८, दिपालयमा २३.६, विरेन्द्रनगरमा ११.७, नेपालगञ्जमा ८.३ र धनकुटामा ४.९ मिलिमिटर वर्षा भएको छ । –  रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी