×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको अवस्था विश्वव्यापी रुपमा जटिल बन्दै, सुरक्षित रहन डब्लूएचओको आग्रह

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना भाइरसको अवस्था विश्वव्यापी रुपमा जटिल बन्दै, सुरक्षित रहन डब्लूएचओको आग्रह

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिनौँ देखि महामारीको रुप लिएको कोरोना भाइरस जटिल बन्दै गएको छ । उक्त भाइरसको संक्रमणबाट मृत्यु दिन प्रति दिन बड्दै गएको छ । भाइरसको नियन्त्रण र रोकथाम गर्न सम्पूूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । कोरोना भाइरसको अवस्था विश्वव्यापी रुपमा बिग्रिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर र अमेरिकाको कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ । यसले भयावह स्थिती तर्फ लगीरहेको विश्व स्वास्थ्य संगठनले जनाइएको छ ।
अमेरिकामा जारी आन्दोलनले भाइरसलाई अत्यधिक हावा दिन सक्ने कारण आन्दोलन सुरक्षित रही घरबाट निस्किन जनमानसलाई डब्लूएचओले आग्रह समेत गरेको छ । भाइरसका कारण विश्वभर चार लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने ७० लाख भन्दा बढी संक्रमित भएका छन् । उक्त भाइरसले समय समयमा फरक-फरक केन्दंबिन्दू पार्दै संक्रमणको अवस्था भयावह बनाएको छ । संक्रमण विश्वभर फैलिइरहेपनि यूरोपमा अवस्था सुधार उन्मुख देखिएको जनाइएको छ । विगत १० दिनमा एक लाख भन्दा बढी केसहरु दर्ता भएको छ । त्यसमध्ये अमेरिका र दक्षिण एसियामा संक्रमण अत्यधिक रहको जनाइएको छ ।
विश्वमा अधिकांश मानिसहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको कारण उनीहरुलाई आत्मसन्तिष्टिको कमी भइ खतरा देखिएको छ । अमेरिकामा भइरहेको प्रदर्शनले भाइरसका जोखिमलाई पुर्नत्थान गर्न मद्दत पुर्याउन सक्ने छ । यस्तो प्रकारको महामारीको शिकार विश्व पहिले समेत भइसकेको डब्लूएचओका प्रमुखले बताएका छन् । प्रदर्शन गर्ने क्रममा समेत एक मिटरकको दूरी कायम गरी आन्दोलनमा सहभागी हुन डब्लूएचओको आग्रह रहेको छ ।
विरामी रहेका अवस्थामा घरमै बसी सुरक्षत हुनु आग्रह गरेका छन् । उक्त मानिसहरुलाई भीडभाडमा नजान डब्लूएचओले सुझाएको छ । विश्व स्वास्थ्य संगठनले कन्टया्क्ट ट्रसिङमा जोड दिएको जनाइएको छ । डब्लूएचओले एक सय १० देशहरुमा स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । १२९ देशहरुमा पीपीई पुर्याउन स्वास्थ्य निकायको लक्ष्य रहेका जनाइएको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी