
सोमबार संगठनका प्रमुख टेड्रोस एनहानम गिब्रिएयसुसले ती औषधिले ब्याक्टेरियासँग लड्न सहयोग गर्ने गरेको भएपनि अब ती औषधिसँग ब्याक्टेरियाको प्रतिरोध क्षमता बढिरहेकाले धेरै एन्टिवायोटिक्स प्रयोग नगर्न भनेका हुन् । उनले कोरोनाको उपचारमा एन्टिवायोटिक्सको प्रयोग धेरै भएको र यसले विस्तारै ब्याक्टेरियालाई झन शक्तिशाली बनाउने बताए ।
यसले जारी महामारी र आउँदा दिनमा अवस्थालाई झनै घातक बनाउने उनको भनाइ छ । गत वर्षबाट सुरू भएको कोरोना महामारीबाट हालसम्म विश्वमा ६२ लाख बढी मानिस संक्रमित भइसकेका छन् भने ३ लाख ७३ हजार बढी मानिसले मृत्यु वरण गरिसकेका छन् । -एजेन्सी