- अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
धेरै काम भएको छ विशेष गरी हामीलाई चाहिने सामग्रीहरु खरिद गर्नमा ल्याउनमा व्यक्तिगत सुरक्षा सामग्रीहरु ल्याउने कुरामा कोभिडको लागि भनेर हस्पिटल तोक्ने कुरामा त्यसैगरी कर्मचारीहरुलाई तालिम दिने कुरामा त्यसैगरी विभिन्न मार्ग निर्देशिकाहरु जारी गर्ने कुरामा चाहिं सरकारले राम्रो काम गरेको छ । यस अर्थमा भन्दाखेरी लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ । नेपाल एउटा निम्न आय भएको देश हो त्यसले गर्दाखेरी हामीले त्यहि परिपेक्षमा हेर्नुपर्ने हुन्छ ।
हाम्रो सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सिमितताहरु हुन्छन किनभने कतिपय अवस्थामा सामग्रिहरु हुँदैनन कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन् । यसले गर्दाखेरी हामीले निम्न आय भएको नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ । त्यसैगरी अव आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्ने वाला छ । त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेषगरी परीक्षणहरुको संख्या बढाउनको लागि आगामी महिनाहरुमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ । हेर्नुहोस् भिडियो :