
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना संक्रमणबाट विश्वभर ९० लाख ५१ हजार ९४९ जना संक्रमित भएक जनाएको छ । सोमबार मध्याह्नसम्म कोरोना भाइरसका कारण बिरामी भएका ४८ लाख ४२ हजार ४३ जना निको भएका छन्।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ३९ हजार ८४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ५६ण् हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार २४८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
यस्तै विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा १७ लाख ७९ हजार ८७० जना कोरोना भाइरस संक्रमति रहेको जनाएको छ भने उक्त संक्रमणबाट ७१ हजार ५२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ३५ हजार ५९५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५५ हजार २० जनाको मृत्यु भएको छ । युरोपमा २३ लाख १० हजार ९६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ६२६ को मृत्यु भएको छ । एसियामा १९ लाख ६ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४८ हजार ३६५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ३ लाख ९ हजार ३०१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार १४८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । नेपालमा यस भाइरसबाट संक्रमितको हुनेको संख्या ९ हजार नाघेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्