×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्तको स्थगित साधारणसभा असार १९ गते आह्वान, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

वोमी लघुवित्तको स्थगित साधारणसभा असार १९ गते आह्वान, यस्ता छन् पेस गरिने प्रस्तावहरु

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठाैँ वार्षिक साधारणसभा असार १९ गते (शुक्रबार) बोलाएको छ । संस्थाको उक्त साधारणसभा बनेपा नगरपालिका – १४, साँगा, काभ्रेस्थित कम्पनीकाे केन्द्रीय कार्यालयमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । यसअघि चैत्र १६ गते आइतबार गर्ने भनिएकाे सभा काेराेना भाइरसकाे जाेखिमका कारण स्थगित भएकाे थियाे ।
सभामा २५% बोनस सेयर र कर प्रयोजनको लागि १.३१६% नगद लाभांश वितरण गर्ने  प्रस्ताव पेश गरिनेछ । त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि फागुन ३० गते शुक्रबारबाट चैत्र १६ गतेसम्म संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: