×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकद्वारा १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोगमा हस्ताक्षर (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बैंकद्वारा १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोगमा हस्ताक्षर (भिडियो)

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ । हेर्नुहोस्  भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी