×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोना संक्रमणबाट ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या कति पुग्यो ? (अपडेट)

LAXMI SUNRISE BANK

विश्वभर कोरोना संक्रमणबाट ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या कति पुग्यो ? (अपडेट)

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ८५ हजार १४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । 
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९२७ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार १२० को मृत्यु भएको छ । युरोपमा २० लाख ४३ हजार ५२२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७४ हजार ८६० को मृत्यु भएको छ । 
एसियामा ११ लाख ७० हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३१ हजार ३८० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार ३६९ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी