×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट विश्वभर ४ लाख ८ हजार बढीको मृत्यु भएको पुष्टी, संक्रमितको अवस्था कस्तो छ ? (अपडेट)

PRIME CA
GLOBAL IME BANK

कोरोनाबाट विश्वभर ४ लाख ८ हजार बढीको मृत्यु भएको पुष्टी, संक्रमितको अवस्था कस्तो छ ? (अपडेट)

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्घाखाँची
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको हो । विश्वभर पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ ।
विश्वभर ३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ । २१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । साथै दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनबाट २ लाख ६६ हजार संक्रमित भएकोमा ७ हजारबढीको मृत्यु भएको छ । भारतमा १ लाख २९ हजारबढी मानिस उपचारपछि घर फर्किएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ३ हजार ७ सय नाघेको छ भने झन्डै ५०० जना निको भएका छन् । नेपालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: