×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर ६४ लाख ५२ हजार बढी संक्रमित, ३ लाख ८२ हजार बढीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना अपडेट : विश्वभर ६४ लाख ५२ हजार बढी संक्रमित, ३ लाख ८२ हजार बढीको मृत्यु

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीले ६४ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुकमा  ६४ लाख ५२ हजार ४२२ जना संक्रमित भएका हुन् । ३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ । २० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी