×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

PRIME CA
GLOBAL IME BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ लाख २ हजार ८३५ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ९३ हजार २२४ पुगेको छ । हालसम्म ३२ लाख ५२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १० हजार १७३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ लाख २४ हजार २४ पुगेको छ । अमेरिकामा ७ लाख १२ हजार २५२ जना डिस्चार्ज भएका छन् ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलमा हालसम्म ६ लाख १५ हजार ८७० जना संक्रमित हुँदा ३४ हजार ३९ जनाको मृत्यु भएको छ । रुसमा हालसम्म ४ लाख ४१ हजार १०८ संक्रमित हुँदा ५ हजार ३८४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३९ हजार ९०४ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ६६१ जना संक्रमित रहेका छन् । 
स्पेनमा संक्रमितको संख्या २ लाख ८७ हजार ७४० पुगेको छ भने २७ हजार १३३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३४ हजार १३ पुग्दा ३३ हजार ६९ जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म २ लाख २६ हजार ७७० संक्रमित हुँदा ६ हजार ३६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार भन्दा धेरै संक्रमित थप भएका छन् । 
जर्मनीमा १ लाख ८४ हजार ९२३ जना संक्रमित हुँदा ८ हजार ७३६ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ८३ हजार १९८ जना संक्रमित हुँदा ५ हजार ३१ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६७ हजार ४१० संक्रमित हुँदा ४ हजार ६३० को ज्यान गएको छ । इरानमा १ लाख ६४ हजार २७० जना संक्रमित हुँदा ८ हजार ७१ जनाको मृत्यु भएको छ ।
फ्रान्समा संक्रमित १ लाख ५२ हजार ४४४ हुँदा २९ हजार ६५ जनाको मृत्यु भएको छ । यता, पाकिस्तानमा पनि कोरोना सक्रमितको संख्या चीनको भन्दा धेरै पुगेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा ९ हजार संक्रमित थपिएका छन् । योसँगै पाकिस्तानमा ८९ हजार २४९ संक्रमित हुँदा १ हजार ८३८ जनाको ज्यान गएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा ५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार २७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ जना रहेको छ । बंगलादेशमा ५७ हजार ५६३ संक्रमित हुँदा ७८१ को मृत्यु भएको छ । जापानमा १७ हजार १८ जना संक्रमित हुँदा ९०३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २ हजार ६३४ जना संक्रमति फेला पर्दा २९० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १० जनाको भने मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: