×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु, झन्डै ८२ लाख ६६ हजारमा संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

कोरोनाबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु, झन्डै ८२ लाख ६६ हजारमा संक्रमण पुष्टी !

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, एकैदिन दुई हजार तीन जनाको मृत्यु
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरस विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ ।  स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर ८२ लाख ६५ हजार ९३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबारसम्म विश्वभरबाट ४३ लाख २३ हजार ७३ जना निको भएर घर फर्किएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ८ हजार ४०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ ।  युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: