×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण विश्वभर ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु, संक्रमितको अवस्था कुन मुलुकमा कस्तो छ ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कोरोनाका कारण विश्वभर ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु, संक्रमितको अवस्था कुन मुलुकमा कस्तो छ ? (विवरणसहित)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका छन् । विश्वभर ४४ लाख १७ हजार ५०९ जना निको भएका छन् ।
हाल विश्वभरमा कोरोना संक्रमित करिब ३५ लाख ३८ हजार ४२५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ३४ हजार ४७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । कोरोनाका कारण कारण अमेरिकामा १ लाख १९ हजार ९४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
यस्तै दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ । एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४४ हजार ७३० जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा पनि संक्रमितको संख्या ७ हजार नाघेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: