×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

PRIME CA

पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वभर कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  विश्वभर कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको जनाएको हो । ८५ लाख ९६ हजार ३७ जनामा संक्रमण पुष्टी भएको पनि विश्व स्वास्थ्य संगठनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
यस्तै विश्वभर ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । यता नेपालमा पनि संक्रमितको संख्या झन्डै ८ हजार नजिक रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: