×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो – ‘बन्दाबन्दीमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगरौं’

LAXMI SUNRISE BANK

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो – ‘बन्दाबन्दीमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगरौं’

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल  यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।  महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 
बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा आफ्नो ध्यानाकर्षण विज्ञप्तीमा भनिएको छ । साथै ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।
महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी