×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछी हंगामा, पाइरेटेड जुमले बनायो बिजोग !

LAXMI SUNRISE BANK

पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछी हंगामा, पाइरेटेड जुमले बनायो बिजोग !

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना प्रकोपका कारण विश्वभर त्रास फैलिरहेका बेला विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन गरिएको धेरै समय भइसकेको छ । लकडाउनका कारण कोहि पनि बाहिर निस्किन नपाएपछि अहिले अनलाइनमार्फत बैठक गर्ने चलन खुब बढेको छ । र यसका लागि सबैभन्दा लोकप्रिय माध्यम बनेको छ, ‘जुम’ । तर त्यहि जुमलाई सहि तरिकाले प्रयोग नगर्दा प्रयोगकर्ताहरु ह्याकरको निशानामा परिरहेका छन् । जुमबारे जान्नुपर्ने कुराहरु समयमा नै नजान्दा र जानेर पनि बुझ पचाउँदा अहिले धेरै जुम मिटिङहरु ह्याकरका कारण खल्लो भएको पाइएको छ ।
त्यस्तै घटना आज घट्यो । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरेको थियो । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको थियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । मन्त्री भट्टराई बोल्नुअघि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । 
यसो त भारत सरकारले  यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी