×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी प्रधान कार्यालयका थप १९ जना प्रहरीमा कोरोना संक्रमणको आशंका, सबैलाई आइसोलेसनमा राखियो !

LAXMI SUNRISE BANK

प्रहरी प्रधान कार्यालयका थप १९ जना प्रहरीमा कोरोना संक्रमणको आशंका, सबैलाई आइसोलेसनमा राखियो !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल प्रहरीको कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा रहेका १९ जना प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता निरजबहादुर शाहीले ४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएपछि उनिहरुको सम्पर्कमा रहेका अन्य १९ जना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको बताए । सवारी चालक शाखामा कार्यरत प्रहरीबाट संक्रमण फैलिएको हुनसक्ने भन्दै उनिसंगको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि ‘कन्ट्राक्ट ट्रेसिङ’ भइरहेको प्रवक्ता शाहीले बताए । 
हालसम्म कोरोना संक्रमण नियन्त्रणका लागि खटिएका झन्डै ३ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टी भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी