×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति संक्रमित थपिए ?

PRIME CA

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति संक्रमित थपिए ?

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएकामध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला, बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: