×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म ६ जिल्ला कोरोनामुक्त, तीन जिल्लामा ५ सय बढी संक्रमित ! (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हालसम्म ६ जिल्ला कोरोनामुक्त, तीन जिल्लामा ५ सय बढी संक्रमित ! (विवरणसहित)

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अहिलेसम्म ६ जिल्ला कोरोनामुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएको बताएका हुन् ।उनले  तीन जिल्लामा पाँच सय बढी बिरामी रहेको पनि जानकारी दिए । रौतहट, कैलाली र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको बताएका हुन् । 
आइतबार मात्र नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँ सहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७५ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार १२८ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी