×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६३ जना सहसचिवहरुको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

६३ जना सहसचिवहरुको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? (विस्तृत विवरणसहित)

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रशासन सेवाका ६३ जना सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवामा रहेका उनीहरुलाई प्रदेश कार्यालयहरुमा सरुवा गरेको हो ।  कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।
हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ । यस्तै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि पठाईएको छ ।
यता उद्योग मन्त्रालयकै प्रदीपराज अधिकारीलाई जितपुर सिमरा उपमहानगरपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महेश बराललाई पोखरा महानगरपालिकामा, श्रम मन्त्रालयका रामचन्द्र ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।
हेर्नुहोस् कसलाई कहाँको जिम्मेवारी दिइयो ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: