
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) पनि अजोड इन्स्योरेन्स कम्पनीकाे शेयर कारोबार नहुने भएकाे छ । हिजाे (मंगलबार) देखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत गरिएकाे भएपनि प्रि- ओपनिङ्ग सेसनमा शेयर किनबेच नभए पछि सेयर कारोबार नभएको थियो ।
त्यस्तै, आज (बुधबार) पनि शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार प्रि-ओपनिङ्ग सेसनमा शेयर खरिदबिक्री नभएकाले कारोबार हुन नसकेकाे हाे । त्यसैले अब भाेलि (बिहीबार) पनि कम्पनीकाे शेयर पुनः प्रि ओपनिङ्ग सेसनमा जानेछ ।
सोमबारको कारोबारमा कम्पनीको १ करोड कित्ता आइपिओ मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । कम्पनीको सेयर कारोबारको लागि न्युनतम ९७ रुपैयाँ र अधिकतम २९१ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो । अजोडलाई नेप्सेले कारोबार संकेत एआइएल दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्