
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।
उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४२४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । समयमै मनसुन सक्रिय हुँदा र रोपाइँ गर्ने जनशक्ति गाउँमा प्रशस्त हुँदा यस वर्ष रोपाइँ छिटो भएको मन्त्रालयले जनाएको छ । अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको अवस्था नआएको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्