×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न मुलुकबाट ९ उडानमार्फत ६०० नेपाली स्वदेश फर्किए, आजको तालिका यस्तो छ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

विभिन्न मुलुकबाट ९ उडानमार्फत ६०० नेपाली स्वदेश फर्किए, आजको तालिका यस्तो छ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । उक्त उडानमार्फत विभिन्न मुलुकमा कोरोनाका कारण अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
यस्तै हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ । जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ भने कुवेतबाट थप नेपाली ल्याएको छ । आज पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तरराष्ट्रिय उडान हुनेछन् । दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ । आइतबार पनि विभिन्न मुलुकबाट एक हजारभन्दा बढी नेपाली फर्किएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: