×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार नेप्सेमा अजोड इन्स्योरेन्सको शेयर कारोबार नहुने, यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार नेप्सेमा अजोड इन्स्योरेन्सको शेयर कारोबार नहुने, यस्तो छ कारण

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) अजोड इन्स्योरेन्स कम्पनीकाे शेयर कारोबार नहुने भएकाे छ । प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले मंगलबार कम्पनीकाे शेयर कारोबार नहुने भएकाे हाे ।
सोमबारको कारोबारमा कम्पनीको १ करोड कित्ता आइपिओ मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । तर शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार आज प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले कारोबार हुन नसकेकाे हाे । कम्पनीको सेयर कारोबारको लागि न्युनतम ९७ रुपैयाँ र अधिकतम २९१ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी