×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! अजोड इन्स्योरेन्सको आईपीओ असार २५ देखि आउँदैछ…! (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

पैसा ठिक पार्नुहोस् है ! अजोड इन्स्योरेन्सको आईपीओ असार २५ देखि आउँदैछ…! (विस्तृत विवरणसहित)

Artha Sarokar

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अजोड इन्स्योरेन्सले यहि असार २५ गतेदेखि ३० लाख कित्ता आईपीओ आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० कराेड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले कूल ३० लाख कित्ता आइपिओमध्ये ४% अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई छुटैएको छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ ।
उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी