×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ असार २५ देखि आउँदै, न्यूनतम १० कित्ता भर्न पाइने ! (विस्तृत विवरणसहित)

PRIME CA

अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ असार २५ देखि आउँदै, न्यूनतम १० कित्ता भर्न पाइने ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० कराेड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले कूल ३० लाख कित्ता आइपिओमध्ये ४% अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई छुटैएको छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ ।
उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: