×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोडको साधारण शेयर बाँडफाँट, २ लाख ७३ हजार जनाले पाए १० कित्ता शेयर, बाँकीको हात खाली !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अजोडको साधारण शेयर बाँडफाँट, २ लाख ७३ हजार जनाले पाए १० कित्ता शेयर, बाँकीको हात खाली !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आइपिओको लागि कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीको आइपीओ गोलाप्रथा प्रणालीबाट बाँडफाँट भएको हो । जसमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली भएको छ । 
कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । जसमा ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी