काठमाडौँ। विश्वको सबैभन्दा ठूलो इ-कमर्श कम्पनी अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनै बेजोसको सम्पत्ति हालै एक दिनमै १३ अर्ब डलरले बढेको छ ।
ब्लुम्बर्ग बिलियोनियर इन्डेक्सका अनुसार सोमबार अमेजन कम्पनीको शेयर मूल्यमा ८ प्रतिशतले बढोत्तरी भएसँगै बेजोसको सम्पत्तिमा भारी वृद्धि भई एक खर्ब ८९ अर्ब ३० करोड डलर पुगेको छ ।
अर्बपतिहरुको दैनिक अद्यावधिक सम्पत्ति सार्वजनिक गर्ने ब्लुम्बर्ग बिलियनिर इन्डेक्स सन् २०१२ देखि प्रकाशित हुन थालेको हो । बेजोसको सम्पत्तिमा भएको यो दैनिक बढोत्तरी उक्त सूचकांक प्रकाशित हुन थालेयताको सबैभन्दा ठूलो बढोत्तरी भएको बताइएको छ ।
विश्वमा कोरोना भाइरस महामारीका कारण अन्य उद्योग व्यवसायहरु धरासायी बन्दै गएका भएपनि अमेजन कम्पनी र यसका सीईओ जेफ बेजोसका लागि भने फलिफाप भैरहेको छ । सन् २०२० सुरु भएयता मात्र बेजोसको सम्पत्तिमा ७४ अर्ब डलरले वृद्धि भएको छ ।
अमेजन सीईओ बेजोस पछाडि सर्वाधिक धनाढ्यको दोश्रो स्थानमा बिल गेट्स कायमै छन् । उनको कूल सम्पत्ति एक खर्ब १८ अर्ब रहेको छ । तेश्रो स्थानमा बर्नार्ड आर्नोल्ट, चौथो स्थानमा मार्क जुकरबर्ग र पाँचौँ स्थानमा माइक्रोसफ्ट कम्पनीका स्टिभ बाल्मर रहेका छन् ।
त्यस्तै टेस्ला कम्पनीका सीईओ एलोन मस्क छेटौँ स्थानमा रहँदा यो वर्षमात्रै ४७ अर्ब डलरले आफ्नो सम्पत्ति थप्न सफल भएका छन् । भारतीय अर्बपति मुकेश अम्बानी आठौँ स्थानमा झरेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्