×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा कम भएन कोरोना संक्रमणको महामारी, एकैदिन थपिए ५० हजार बढी संक्रमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिकामा कम भएन कोरोना संक्रमणको महामारी, एकैदिन थपिए ५० हजार बढी संक्रमित

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा कोरोना संक्रमित फेला परेका छन् । बुधबार एकै दिन ५२ हजार ७ सय ८९ संक्रमित थपिकामा बिहीबार ५५ हजार २ सय २० संक्रमित थपिएका हुन्। 
पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो ।
कम्तिमा ७ राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ । बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि देखिएको छ ।
अमेरिकामा हालसम्म १ लाख ३१ हजार वढीले ज्यान गुमाएका छन् भने २८ लाख वढी संक्रमित रहेका छन् । यस्तै झण्डै १२ लाख संक्रमित निको भएका छन् । – एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी