
नेपाली आर्थिक पत्रकारिता क्षेत्रमा केहि फरक गर्ने सोचका साथ २०७३ साल साउन १ गते हामीले अर्थ सरोकार डटकम सुरु गरेका थियौँ । ‘जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो’ भन्ने ठाडो भाषालाई मूल मन्त्र बनाएर सुरु भएको हाम्रो यात्राले चौथो बर्ष पूरा गर्दै गर्दा हामी थप जिम्मेवार, जनपक्षीय र सत्यमा विश्वास राख्ने सबैको साझा आर्थिक सञ्चारमाध्यम बन्ने प्रण गर्दछौं ।
अनलाइन संस्करण अर्थात अर्थ सरोकार डटकमका रुपमा बजारमा आएका हामीलाई छोटो समयमा नै आम पाठकले आर्थिक क्षेत्रको अग्रणी समाचार पोर्टल बनाइदिनुभयो । बजारमा देखिएका हरेक विसंगतिमाथिको हाम्रो तिखो समाचार छेडाइलाई धेरैले माया गर्नुभयो । ठाडो भाषा, र खरो शैलीलाई जनताहरु आफ्नो शैली र आफ्नै भाषा भनिदिनुभयो । हाम्रो फरक पत्रकारिता अभ्यासलाई आम दर्शक, स्रोता र पाठकले ‘हामिले खोजेको पत्रकारिता’ भनिदिनु भयो । र यहि माया नै हाम्रा लागि अगाडी बढ्ने बहाना भयो ।
आर्थिक क्षेत्रमा भएका गलत कामकाप्रति हाम्रो सून्य सहनशीलता कतिपय तस्कर, दलाल र माफियाका लागि ठुलै टाउको दुखाइको विषय बनेको हामीलाई थाहा छ । भ्रष्टाचारले जरा गाडेको यो क्षेत्रमा यिनै तस्करहरुको दादागिरीविरुद्ध बोल्दा हामीलाई थुप्रै ठाउँमा प्रहारको प्रयास त भयो, तर न हामी चुक्यौं, न झुक्यौं । बस् सत्यको आवाजको बिगुल फुक्यौं । न हामी डरायौं, न विचलित भयौँ । बरु आफ्नै सुरमा, आफ्नै लयमा, आफ्नै पारामा हामी निरन्तर अघि बढिरह्यौं ।
‘ठगहरुको दादागिरीमा आँखा चिम्लिदिनुपर्छ, तिनैले दिएको विज्ञापनबाट कमाउनुपर्छ, कहाँ ‘ठोकेर’ हुन्छ ?’ भन्ने दलालहरुका दर्जनौं अफरहरुलाई ‘थु’, ‘थु’, ‘थु’ भनेर एक पटक होइन ३ पटक थुकेर हामी हाम्रो मिसनमा अगाडी बढ्यौँ । किनकि सञ्चार क्षेत्र फगत व्यापारका लागि होइन भन्ने हामीले बुझेका छौँ । र विज्ञापन विज्ञापनदाताकै आवश्यकताले आउँछ, हामीले बस् हाम्रो काम गर्नुपर्छ भन्ने तथ्यमा हामी सपष्ट र अडिग थियौँ । छौं । हो, गलत कुराको भण्डाफोर गरिएकै कारण हामीलाई थुप्रै ठग कम्पनीका विज्ञापनमा बन्देज लगाईएको छ । तर हामी त यसमा गर्व गर्छौं । किनकि जनतालाई अन्याय गरेर हात परेको गाँसले कालान्तरमा पखाला लाग्छ भन्ने तथ्य हामीले बुझेका छौं । गुणस्तरहीनताको प्रमाणपत्र कार्यालयको टेबलमा हुँदैगर्दा हामीले नेपालको नम्बर १ ओपिसी सिमेन्ट, फलानो सिमेन्ट भनेर विज्ञापन बजाउन हाम्रो नैतिकताले दिएन, दिंदैन । यस्ता थुप्रै उदाहारणका साक्षी बनेका छौं हामी । र सत्य यहि हो, हामी सत्यबाहेक कसैको आफ्नो बन्दैनौँ, कसैले बनाउने सपना पनि नदेखे हुन्छ ।
अर्थ सरोकार डटकमलाई ‘गलत प्रवृतिका विरुद्ध बोल्ने अनलाइन’, ‘नेपालको विकिलिक्स’, ‘पीडाको साथी’, ‘माफियाको कलमी दुश्मन’ लगायत दिएका थुप्रै ट्यागहरु पाठकहरुले लगाईदिनुभएको छ । समाचारको इथिक्सलाई मनन गर्दा थुप्रै व्यापारीक फाइदाको त्यागलाई ती ट्यागहरुले न्याय गरेको छ भन्ने हामीले बुझेका छौं।
आम पाठकको यस्तै अगाध माया पाएर उत्साहित बनेका हामीले सुरु गरेको अर्थ सरोकार रेडियो कार्यक्रम आज १७८ रेडियोहरुबाट देशभर प्रशारण हुन्छ भन्ने तथ्य बोल्दा खुसीको कुनै सिमा छैन । देश संघीय संरचनामा गएसँगै आफ्नै स्थानीय टेलिभिजनमा कार्यक्रम हेर्न पाउँ भनी दर्शकले गरेको अनुरोधको सम्मान गर्दै अर्थ सरोकार समूहले तयार गरेको अर्थ सरोकार टेलिभिजन कार्यक्रम देशभरका विभिन्न ५ स्थानीय टेलिभिजनहरुमा सफलतापूर्वक बजिरहेको छ भन्ने सुनाउँन पाउँदा हामी प्रत्येक दर्शकको मायाका प्रति ऋणी छौं । र देशभरका थप स्थानीय टेलिभिजनहरुमा उपस्थित हुने बाचासमेत गर्दछौं ।
हामी गर्व गर्दछौं, आर्थिक क्षेत्रको सबैभन्दा बढी फेसबुक लाइक (१० लाख बढी) भएको मिडिया अर्थ सरोकार हो भन्नमा । हामी गर्व गर्दछौं नेपालका आर्थिक मिडियाहरुमा सबैभन्दा बढी युट्युब सब्स्क्राईबर भएको मिडिया अर्थ सरोकार हो भन्नमा । हामी गर्व गर्दछौँ, र्यांकीङमा र समाचार प्रभावका हिसाबमा पनि अर्थ सरोकार नेपालको नम्बर १ आर्थिक समाचार पोर्टल हो भन्दा । र हामी अझ गर्व गर्दछौँ १७८ रेडियोहरुबाट प्रशारण हुने अर्थ सरोकार नेपालको पहिलो र एकमात्र आर्थिक रेडियो कार्यक्रम हो भन्नमा । र हामी जरुर गर्व गर्दछौँ यो तथ्यमा पनि कि हामी अर्थात अर्थ सरोकार नेपालकै अग्रणी आर्थिक टेलिभिजन कार्यक्रम हो भन्नमा । काठमाडौँमा मुख्य कार्यालय राखेर मात्र होइन, सुदूरपश्चिममा छुट्टै ब्युरो कार्यालय राखेर सुदूरलाई समग्र देशको अर्थतन्त्रसँग जोड्ने प्रयासमा हामी अविराम लागिरहेका छौँ । अर्को बर्षसम्म सातै प्रदेशमा प्रादेशिक ब्युरो कार्यालयहरु खोल्ने अभियान सुरु ब भइसकेको जानकारी पनि गराउँदछौँ ।
यो ४ वर्षमा हामी उत्रिनुपर्नेजति खरो उत्रिन सक्यौँ, वा सकेनौं, त्यसको मुल्यांकन आम पाठक, स्रोता र दर्शकले गर्नु नै भएको छ होला, तर हामी कति गर्यौं भन्ने बिर्सेर कति गर्नुछ भन्ने तथ्यमा थप बल पुग्नेगरी काम गरिरहेका छौं । हो, सत्य तीतो हुन्छ, र त सत्यलाई धेरैले पचाउन सक्दैनन् । यो ४ वर्षमा हामीले सहनुपरेको धम्की, हामीविरुद्ध भएका संस्थागत आक्रमणका प्रयास, हामीविरुद्ध बुनिन खोजिएका षड्यन्त्र सब फिक्का छन् हाम्रा लागि दर्शक, स्रोता, र पाठकको अगाध मायाका अगाडी । र त निरन्तर जनपक्षीय पत्रकारितामा हामी लागि नै रहेका छौं, र लागिनै रहनेछौं । न त प्रलोभनमा परेर हामीले सेतोलाई कालो भन्यौं, न डर-धम्कीबाट डराएर कालोलाई सेतो भन्यौँ । सहि सूचनाको सपथ लिएर अविरल यात्रामा हिँडेका हामी निरन्तर जनताका लागि लेखिरह्यौं, बोलिरह्यौं । र बोलिरहनेछौं ।
चौथो बर्ष पार गरेर पाचौँ बर्षमा प्रवेश गर्दा पनि हामी हाम्रो यात्राको मिसनमा दृढ छौँ । हो, हामी जनताका मुद्धा बोकीरहनेछौं, गलत गर्नेलाई अक्षरले ठोकीरहनेछौं ।’
हाम्रो यो जनपक्षीय तर कठोर यात्रामा साथ दिने सम्पूर्ण सहकर्मी साथीहरु, विज्ञापनदाता, नियामक निकाय प्रेस काउन्सिल, नेपाल, साझेदार रेडियोहरु, साझेदार टेलिभिजन च्यानलहरु तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छौँ । साथै हाम्रा सम्पूर्ण दर्शक, स्रोता र पाठकहरुलाई नमन गर्न चाहान्छौं ।
सुरज प्याकुरेल
सञ्चालक / सम्पादक
अर्थ सरोकार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्