
- अर्थ सरोकार सम्बाददाता
सन्धिखर्क । अर्घाखाँचीमा ८९ जनाले कोरोना जितेर घर फर्किएका छन् । आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्ष रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
उनीहरुलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्ने सुझाव दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन् । कोरोनाबाट दुईजनाको मृत्यु भइसकेको छ । भारतबाट आएका ८ सय ५१ जना क्वारेन्टाइनमा बसेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्