×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीमा ८९ जनाले जिते कोरोना, अझै दुई हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्घाखाँचीमा ८९ जनाले जिते कोरोना, अझै दुई हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने

Artha Sarokar

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सन्धिखर्क । अर्घाखाँचीमा ८९ जनाले कोरोना जितेर घर फर्किएका छन् । आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्ष रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । 
उनीहरुलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्ने सुझाव दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन् । कोरोनाबाट दुईजनाको मृत्यु भइसकेको छ । भारतबाट आएका ८ सय ५१ जना क्वारेन्टाइनमा बसेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी