- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले बिहिबार उनीसहित ३ जनालाई पक्राउ गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको अख्तियार स्रोतले जनाएको छ ।
यसअघि पनि उनी नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।